अनेरास्ववियु बझाङले थाल्यो सदस्यता वितरण अभियान

Image

बझाङ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ । संगठनलाई मजबुत बनाउने उदेश्यले अनेरास्ववियु बझाङले उक्त अभियान बझाङ जिल्लाका विभिन्न क्याम्पसहरुमा सुरु गरेको हो । बझाङका क्याम्पसहरुमा पहिलोपटक उक्त अभियान शुरु गरेको सेती क्याम्पस बगडगाउँका स्ववियु सभापती लक्ष्मण गिरीको भनाइ छ ।

साउन ४गतेबाट बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित जयपृथ्वी बहुमुखी क्याम्पसबाट अभियान सुरु गरिएको थियो । अनेरास्ववियु बझाङका इन्चार्ज तथा अनेरास्ववियुका केन्द्रिय सदस्य दिल बहादुर खातीले अभियानको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै खातीले अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बन्चित भएको बताउँदै उनले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले संगठन विस्तार तथा सदस्यता वितरण अभियान सुरु गरेको बताएका छन् ।

जयपृथ्वी बहुमुखी क्याम्पसबाट सुरु भएको अभियान बझाङका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र जिल्लामा ५ हजार विद्यार्थी सदस्यता बनाउने गरी अभियानको सुरु गरिएको अनेरास्ववियु बझाङका संयोजक पुस्कर दौल्यालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापती रुपक धामीले सहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियु विध्यार्थीको हकहितमा बोल्न निस्केको बताए । उनले भने, ‘केन्द्रले साउन २० गते सम्म मात्रै सदस्यता वितरण गर्ने परिपत्र गरेपनि हामीले अहिले पनि उक्त अभियान जारी राखेका छौ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन