बझाङ ; बझाङको बुंगल नगरपालिकामा आजभोली कर्मचारी र जनप्रतिनिधि कार्यालयमा नभेटीने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । आर्थिक बर्षको अन्तिम तिर असार महिना भरी राती अबेर सम्म सेवा दिने गरेको नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चपागाई विदामा हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत विदामा गएपछि अहिले अन्य कर्मचारीले नगरपालिकामा सेवा प्रवाहमा मनोमानी गरिरहेको स्थानिय रामचन्द्र जोशीले बताउनु भयो ।
बिहीवार करिब २ बजे तिर कामविशेषले बुङ्गल नगरपालिकाका वडा नम्बर ४ का रामचन्द्र जोशी नगरपालिका बाट सिफरीस लिन नगरपालिकाको कार्यालयमा गएका थिए । नगरपालिकाको कार्यालयका प्रत्यक शाखामा जादा पञ्जिकरण शाखामा एक जना कर्मचारी र एक जना कार्यालय सहयोगी मात्रै भेटीएको र अन्य शाखामा कुनै कर्मचारी नभेटीएको उहाले बताउनु भयो ।
कार्यालय समयमा कर्मचारी नगरपालिकामा नभेटीएपछि जोशीले प्रत्यक शाखामा गएर भिडियो बनाउदै आफ्नो फेसबुक बाट सार्बजनिक गरेका छन् । कार्यालय समयमा कर्मचारी र जनप्रतिनिधिहरु नागरीकहरुललाई सेवा लिन असहज हुने तरीकाले आ–आफ्न काममा कार्यालय बाहिर जाने गरेका छन् । सरकारी कार्यालयहरुमा बिहान १० बजे देखि अपरान्ह् ५ बजे सम्म सेवा प्रबाह हुने गरेको भएपनि बुङ्गल नगरपालिकामा भने एक दुई जना कर्मचारी वाहेक अन्य कर्मचारीहरु भेट्न सेवाग्राहीहरुलाई मुस्किल पर्दछ । प्रमुख प्रशासकिय अधिकृत चापागाईले निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज जोशीलाई जिम्मेवारी दिएर आफु काम विशेषले विदामा बसेको र यस बिषयमा आफुलाई जानकारी नभएको बताएका छन् ।
नगर प्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहरा भने धनगढी भएर बसेका छन् । शाखाका अन्य कर्मचारीहरु कार्यालयको सम्बन्धित शाखामा नभेटीने गरेको कारण अहिले सेवाग्राही हैरान भएका छन् । प्रमुख प्रशासकीय अधिकृत र ५ जना कर्मचारीको मात्रै विदा प्रमाणिकरण भएको र अन्य कर्मचारीहरु मनोमानीले कार्यालयमा उपस्थित नहुने गरेको बताइएको छ ।
यस बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले भने आफु नगरपालिकामा इन्टरनेटले काम नगरेको कारण कार्यालयकै कामको लागि नगरपालिका नजिकै रहेको वडा नं ४ को वडा कार्यालयमा गएको र अन्य केही कर्मचारीहरु पनि खाजा खान गएका र त्यहि मौकामा भिडियो बनाएको बताउनु भयो ।