बुंगल नगरपालिकाकी मृगौला पीडित धामीलाई आर्थिक अभावको कारण उपचारमा समस्या

Image
तस्विर ; सेती प्रादेशिक अस्पतालमा उपचाररत मिना धामी

सुरेश धामी, बझाङ ।  बझाङको बुंगल नगरपालिका –३ रन्लेककी मृर्गौला पीडित मिना धामीलाई  आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । दुवै मृर्गाैला फेल भएर मृत्यु संग लडिरकी १८ वर्षीया धामी कैलालीको धनगडी स्थित सेती प्रादेशिक अस्पतालको शौयामा उपचार गराई रहेकि छन् ।

परिवारको आर्थिक अबस्था कमजोर भएका कारण उनि संग डायलाइसिस पनि गर्न खर्च नभएपछि अस्पताल बाट घर पठाउनु पर्ने अबस्थामा रहेको बताईएको छ । पिडित धामीका बुवा अपांग छन् । घरमा भएको सम्पूर्ण सम्पत्ति उपचारको क्रममा सकिएको र गरीब तथा विपन्न परिवारकी धामीको उपचार खर्च जम्मागर्ने कुनै आधार नरहेको उनका वुवा प्रभते धामीले बताउनु भयो । पेट दुख्ने समस्या लिएर हस्पिटल गएकि उनलाई जाँच गर्दा डाक्टरले दुबै मृगौला फेल भएको बताएपछि अहिले  सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको पीडित धामीे बताइन् ।

डाक्टरको सल्लाह अनुसार दुवै मृर्गौला प्रत्यारोपण गर्न करिब १७/१८ लाख खर्च लाग्छ । तर आफुसँग उक्त रकम नभएको धामीले बताइन् । मृत्यु संग लडिरहेकी धामीले आफु बाच्न चाहेकाले आफुलाई बचाउन विभिन्न संघ संस्था देश बिदेशमा बस्नु हुने सबैमा सहयोगको आग्रह गरेकी छिन् ।

अहिले उनलाई बचाउनको लागि आर्थिक संगलन अभियान चलाएर सबैले आ–आफ्नो तर्फ बाट सकिने सहयोग गरेका छन् । सहयोग गर्न चाहानेहरुलाई पिडित धामीको दाजु दिपक धामीको नाममा एन आई सी एसीया बैंकमा रहेको खाता नं ०९१५७५२७६५०८५००१ मा जम्मा गर्न तथा ई सेवा नम्बर ९८६५८१९१६१मा जम्मा गरिदिन अनुरोध गरीएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन