दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ

Image

बझाङ । बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु माथि जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो ।

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्