नेपाल निजामती कर्मचारी संगठन  द्धारा जिल्ला अस्पताल बझाङका विरामीलाई फलफुल वितरण 

बझाङ ; नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा आज जिल्ला अस्पताल बझाङमा रहेका बिरामिहरुलाई बिरामीहरुलाई फलफूल वितरण तथा संगठनको कार्यलयमा बृक्षारोपण कार्यक्रम गरीएको हो ।

आज जिल्ला अस्पतालका २५ जना बिरामिहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला उपाध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अथिती नेकपा एमालेका जिल्ला उपसचीव सुरत बहादुर सिंह रहनुभएको थियो । यस्तै एमाले प्रदेश इन्चार्ज प्रकाश खड्का, जिल्ला इन्चार्ज लक्ष्मी रावल, जिल्ला अध्यक्ष दिनेश बहादुर धामी, सहकारीका अध्यक्ष राधाकृष्ण जोशी र अन्य प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

जिल्ला अध्यक्ष धामिका अनुसार कर्मचारीको हकअधिकार को आन्दोलनमा ज्यान गुमाउने सहिदलाई सम्झिदै उहाँले देखाएको सहि बाटोमा लाग्नु पर्ने बताउनुभयो । कर्मचारी संगठनले अहिलेसम्म आफ्नो पेशागत हकहित बारे आवज उठाउनुका साथै सामाजिक कार्यक्रममा पनि जोड दिएको बताइएको छ ।

Loading...