बझाङ, बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काएको छ । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानियहरु मिलेर भत्काएको पिडित पुड्के ओखेडाले बताउनुभयो । साउन १० गते घर निर्माण स्थलमा आएर स्थानियहरुले घरको ढोका, ढुंगा उटेलेर (निकालेर) फालेको ओखेडाको भनाई छ । ‘२५ बर्ष देखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौ । त्यो जमिनको लालपुर्जा हामी संग छ ।
…,दलितहरु तिमीहरुले सार्वजनिक जग्गामा घर लाउन पाइदैन भनेर गैर दलित गाउँलेहरु सबै आएर घर भत्त्काउनुका साथै खेतमा लगाएको अन्नवाली पनि काटेर लिएको उहाँले बताउनु भयो ।
अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरेर ओखेडा सपरिवार न्याएका लागि सदरमुकाम चैनपुरमा पुगेका छन् । घरलगाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितीमा पुगेको भन्ने जानकारी आएको र स्थानियहरुलाई जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । यता वित्थडचिर गाउँपालिका– ७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले उक्त विवाद उत्पन्न भएको र त्यसैको माधानको लागि छलफल गर्न सदरमुकाम चैनपुरमा आएको बताउनु भयो ।