बैतडीको श्रीकोट बहुमुखी क्याम्पसलाई बुझाए विद्यार्थीले विभिन्न १२ बुँदे माग राख्दै संयुुक्त ज्ञापनपत्र

शैक्षिक गुणस्तरका लागि नियमित अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने, खानेपानीको समस्या समाधानका लागि पहल चाल्नु पर्ने लगायतका माग राखिएको हो ।

बझाङबैतडीमा विद्यार्थीहरुले विभिन्न माग राख्दै संयुुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका- ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसलाई विभिन्न १२ बुंँदे माग राख्दै विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

मंगलबार आफुहरुले क्याम्पस सहायक प्रमुख नरेन्द्र पन्त र स्ववियु सभापति सम्भु गिरीलाई ज्ञापनपत्र बुझाएको विद्यार्थी जनकसिंह भाटले जानकारी दिए । क्याम्पसमा भएका विभिन्न समस्या सुधारका लागि ज्ञापनपत्र मार्फत विद्यार्थीहरुले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका बताइएको छ ।

शैक्षिक गुणस्तरका लागि नियमित अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने, खानेपानीको समस्या समाधानका लागि पहल चाल्नु पर्ने , पुस्तकालयमा पुस्तक उपलब्ध गराउनु पर्ने, छात्रा विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्नु पर्ने, सूचना प्रवाहमा नियमित र इन्टरनेटको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएका छन् ।

ज्ञापनपत्र बुझाँउदै विद्यार्थी जनक भाटले विद्यार्थीका माग तत्काल समाधान स्वबियु सभापति र क्याम्पस प्रशासनलाई आग्रह गरेक हुन् । विद्यार्थीका समस्या क्याम्पस प्रशासनले बुझ्नु पर्ने र क्याम्पस सुधारको लागि विद्यार्थी, अभिभावक ,क्याम्पस प्रशासन, राजनीतिक दल एक ठाउँमा हुनुपर्ने उनको धारणा छ ।

यस्तै ज्ञापनपत्र बुझ्दै क्याम्पस सहप्रमुख पन्तले क्याम्पसमा नियमित रुपमा अन्तरक्रिया कार्यक्रम देखि शिक्षक र विद्यार्थीहरुको अनिवार्य पोशाक गर्ने र पुस्तकालयमा पुस्तकको व्यस्थापन पनि चाँडै गरिने बताएका थिए । यस्तै स्ववियु सभापति सम्भु गिरिले पनि विद्यार्थीका माग तत्काल समाधानको लागि पहल चाल्ने प्रतिबद्धता जनाएका छन । विद्यार्थी भाट मिडिया क्षेत्रमा समेत आवद्ध छन् ।

Loading...