आउदाे चुनावमा एमाले जिताउन युवासंघ बझाङकाे नेक्स्ट इलेक्सन अभियान

Image

बझाङ : राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष माहाराज गुरुङले अब आउने स्थानीय र संघीय निर्वाचनमा देश भर एमालेलाई जिताउन युवा संघ नेपाललाई सक्रिय बनाउने बताउनु भएकाे छ ।

आइतबार सम्पन्न युवा संघ नेपालकाे जिल्ला कमिटी बझाङकाे बैठकलाई सम्बाेधन गर्दै उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति गुरुङले बझाङका मात्र नभएर देश भरका संघ, प्रदेश पालिका र वडामा एमालेले जित्ने गरि हरेक जिल्लामा राष्ट्रिय युवा संघ नेपाललाई सक्रिय र बजबुत बनाउने बताउनुभयाे ।

बैठकले जिल्लामा राष्ट्रिय युवा संघ नेपाललाई चलायमान र सक्रिय बनाउन जिल्लाका १२ स्थानीय तह र ९४ वटै वडामा युवा संघ नेपाल विस्तार गरि निर्वाचनमुखि भएर अघि बढ्ने निर्णय गरेकाे गुरुङले जानकारी दिनुभयाे ।

बैठकका विशिष्ठ अथिति राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका संयाेजक भरत मल्लले जिल्लामा राष्ट्रिय युवासंघकाे सक्रियताले मात्र पार्टीकाे जित सम्भव हुने बताउँदै युवा संघ नेपाललाई सक्रिय रहन निर्देशन दिनुभयाे ।बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यद्वय उत्तम सिंह र सबिता खड्काले समेत युवा संघलाई जिल्लामा मजबुत बनाउन सबै युवा एक हुनु पर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे । युवा संघ संघले चलाएकाे याे अभियानले पछिल्लाे निर्वाचनमा एमालेकाे राम्राे परिणाम आउने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बझाङका अध्यक्ष संसार खड्का र उपाध्यक्ष धिरेन्द्र सिंहले बताउनुभयाे । यस्तै पालिकाहरूमा प्रतिनिधिहरू ताेकेर जिम्मेवारी समेत दिइएकाे छ ।

कस्लाई कुन स्थानियतहकाे जिम्मेवारी दियाे ।

साईपाल गाउँपालिका, तलकाेट गाउँपालिका, सुर्मा गाउँपालिका – संसार खड्का, रविन्द्र सिंह
जयपृथ्वी नगरपालिका, दुर्गाथलि गाउँपालिका,छविसपाथिभेरा गाउँपालिकामा – देवेन्द राेकाया , अर्जुन महर
मष्टा गाउपालिका-सपना बाेहरा
बुंगल नगरपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका- धिरेन्द्र सिंह
केदारस्युँ गाउपालिका, वित्थडचिर गाउपालिका- उमेश विष्ट

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन