दुर्गाथली गाउँपालिमा बौलाह कुकुरले टोकेर ५ जना घाईते !

बझाङ ; बझाङको दुर्गाथली गाउँपालिमा बौलाह कुकुरले टोकेर ५ जना घाईते भएकाछन् । शुक्रबार आज दुर्गाथली गाउँपालिकाको वडा नं ५ बाकाट्य टोलमा कुकुरले टोकेर स्थानिय ६८ बर्षिय मीम बहादुर जप्रेल, ६८ बर्षकै विर बहादुर जप्रेल , हिक्मत बहादुर जप्रेल २५ बर्षिय हिक्त जप्रेल , १९ बर्षिय देबकी कुमारी जप्रेल र १४ बर्षिय अमृत पुजारालाई घाईते बनाएको स्थानिय सुरेन्द्र जप्रेलले बताउनु भयो ।

घाईतेहरुको हात खुट्टा लगायत सरीरका विभिन्न भागमा टोकेर घाउ बनाएको छ । उनिहरु सबैको उपचार भैरहेको इलाका प्रहरी कार्यालय दुर्गाथलीले जनाएकाे छ ।

Loading...