बझाङ:- वर्षाकाे कारण घर भत्किए पछि दुर्गाथली गाउँपालिका वडा नम्बर- ३ विनाडा बस्ने कविराज धामीकाे आर्थिक अवस्था नाजुक बनेको छ । यहीँ असार २२ गते आएकाे अबिरल वर्षाकाे कारण धामीकाे घर पूर्ण रुपमा क्षति भए पछि अहिले आर्थिक अवस्था नाजुक बनेको हाे । केही महिना अगाडि आएकाे भुकम्पकाे कारण घर चर्किएकाे थियो । अहिले धामी छिमेकीको घरमा बस्दै आएका छन् । ” उनले भने, घरमा भएको एउटा दुहुनो गाई पनि मर्याे । पकाउने भाडाकुडा सबै पुरीए । लत्ताकपडा पनि छैनन् । वर्षाैँ देखि दु:ख गरेर बनाकाे अन्न पनि सबै नष्ट भयाे । अहिले छिमेकीको घरमा बस्दै आएकाे छु । केही दिन अगाडि वडा र पालिकाले राहत दिएकाे थियोे । त्याे पनि सकिएको छ । छाेराछाेरीकाे विचल्लि भएको छ ।
अहिले नै घर बनाउ भने पनि आर्थिक अवस्था कमजोर छ । वर्खाकाे समयमा दिनदिनै पानी आउँछ । थाेरै भए पनि सबैले सहयोग गरि दिनु हाेला ।” अहिले आफ्नो नेतृत्वमा धेरै जनाले सहयोग गरेको र अझै पनि सहयोग पाउने आशा गरेको समाजसेवी तथा बझाङदीप क्याम्पस झाेताका स्ववियु सचिव रामचन्द्र धामीले बताउनुभयो ।
उहाँले सहयोग गर्न चाहने व्यक्तिहरुले एन आइ एम बी बैँकमा रहेकोे खाता नम्बर ०७५०५३९०२५१६४८ प्रयोग गर्न सक्ने र मोबाइल नम्बर ९८६९८२४१३१ मा फोन गर्न अनुरोध गर्नुभएको छ । वडा बाट हुने सहयोग गरेकाे र अझै पनि आफुले सकेको सहयोग गर्ने वडा नम्बर तिनका वडा अध्यक्ष रमेश बाेहाेराले बताउनु भयो । साथै याे समयमा बाढी, पहिरोकाे जाेखिम हुने भएकाले सम्पुर्ण वडा वासीलाई सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नु भएको छ ।