केदारस्युँ गाउँपालिकाका विभिन्न वडाहरूमा विद्यालय स्तरिय पढाइ मेला कार्यक्रम सम्पन्न
कार्यक्रमको लक्ष्य भनेको विद्यार्थीको पढाइ सिपको बिकाश गर्ने बताईएको छ
पवन बोहरा बझाङ ।
बझाङ:- बझाङको केदारस्युँ गाउँपालिकाका विभिन्न वडाहरूमा विद्यालय स्तरिय पढाइ मेला कार्यक्रम सम्पन्न गरिएको छ ।
केदारस्युँ गाउँपालिका वडा नम्बर २,३,६,७ र ८ मा प्रगतिशील युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे साझेदारीमा संचालित समावेशी तथा गुणस्तरय शिक्षा प्रयोजना अन्तर्गत विद्यालय स्तरीय पढाई मेला कार्यक्रम सम्पन्न गरिएको हो ।
शनिवार गरिएको विद्यालय स्तरीय पढाई मेला कार्यक्रममा, कार्यक्रम गरिएका सबै वडाहरुमा रहेका आधारभूत र माध्यामिक विद्यालयका सबै विद्यार्थीको उपस्थिति रहेको प्रगतिशील युवा समाजाका केदारस्युँका फिल्ड अधिकृत दिनेश खड्काले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय स्तरीय पढाइ मेला कार्यक्रममा हाजिरि जवाफ,हिसाब दौड,चित्रकला र पढाइ सीप लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रमको लक्ष्य भनेको विद्यार्थीको पढाइ सिपको बिकाश गर्ने बताईएको छ । उक्त कार्यक्रममा प्रथम द्वितीय ,तृतीय हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरु पुरस्कार दिइएको फिल्ड अधिकृत खड्काले बताए ।