Jayaprithvi Municipality

डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

चट्याङ लागेर बडीकेदार गाउँपालिका-५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको हो ।

बझाङ :- डोटीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर डीकेदार गाउँपालिका-५ दुदिलाका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार अन्दाजी ६५ वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो साढे २ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर बोहरा सँगै ६ वटा बाख्रा पनि मरेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...