डोटी- जिल्ला अस्पताल डोटीमा कोरोना परीक्षण प्रयोगशालाको उद्धघाटन गरिएको छ । उद्धघाटन भए संगै परिक्षणको काम पनि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को गत चैत १५ गतेको बैठकले डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । डोटीको जिल्ला अस्पताल र कैलालीमा सेती प्रादेखिक अस्पतालमा प्रयोगशालास्थापना भई परिक्षण सुरु भएको भए पनि बैतडीमा भने अझै प्रयोगशाला स्थापना हुन सकेको छैन ।
प्रयोगशालाको मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका छन । यो संगै सुदूरपश्चिम प्रदेशका तीन ठाँउ धनगढी, डडेल्धुरा र डोटीबाट कोरोना परीक्षण हुने भएको छ । जडान गरिएको मेसिनको परीक्षण नतिजाको लागि सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा परीक्षण भएका १०÷१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिएको थियो ।