डोटीको रुबसकाँडामा पहिलो पटक नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन

डोटी – सुदूरपश्चिममा पहिलो पटक डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो ।  असोज २६ गतेबाट संचालनमा आएको हो ।

छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष भरत कुँवरले बताए । रुबसकाडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने उनले बताए । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिथल गरी तीन स्थानमा गर्न सकिने अध्यक्ष कुँवरले बताए । दशैं तिहारलाई मध्यनजर गर्दै प्याराग्लाइडिङको सुरुवात गरेको उनले बताए ।

Hohel Kananga
Loading...