Jayaprithvi Municipality

डोटीमा जंगली च्याउ खाँदा ११ जना बिरामी

डोटी – डोटीमा जंगली विषालु च्याउ खाँदा ११ जना बिरामी भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोक बस्ने ११ जना च्याउ खाँदा बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार राति ९ बजेको समयमा च्याउ खाएका उनीहरू बिरामी भएका हुन् ।
बिरामी हुनेमा१८ वर्षीय अनमोल डुरा, ६० वर्षिया गङ्गा डुरा, १४ वर्षिया एलिजा डुरा, ३९ वर्षीय बासूँ बोगटी, १० वर्षिया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षिया सकुन्तला खड्का रहेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए ।

त्यस्तै १२ वर्षिया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका छन् । च्याउ सेवनबाट बिरामी परेका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको  र यहाँ उपचार सम्भव नभएपछि आइतबार बिहान डडेल्धुरा अस्पतालमा रिफर गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...