सुरेश धामी ,बझाङ ; नेकपा माओवादी केन्द्र बुंगल नगर कमिटी सचिव हेमन्तराज जोशीले आफुले कुनै पार्टी प्रवेश नगरेको र कुनै अन्य पार्टीको सदस्यता नलिएको प्रष्ट गर्नुभएको छ । आफुले नेकपा माओवादी केन्द्र छोडेर राष्ट्रीय स्वतान्त्र पार्टीमा प्रवेश गरेको भनेर केहि व्यक्तिहरुले झुटो अफवाह फैलाएको बताएका छन् । अहिलेको मिति सम्म आफु नेकपा माओवादी केन्द्रको नगर कमिटी सचिवनै रहेको र पार्टीलाई अगाडी बढाउनको लागि माओवादी पार्टी भित्रै संघर्ष गरीरहेको जोशीले बताएका छन् ।
उहाँले अहिले सम्म आफुले कुनै पार्टीको सदस्यता नलिएको बताउदै राष्ट्रीय स्वतान्त्र पार्टीको सदस्यता लिएको भनेर सामाजिक संञ्जालमा देखिएको कुरा झुटो र “कलोकल्पीत“ भएको बताउनु भयो । उहाँका अनुसार आफ्नो पार्टी भित्रकै आन्तरीक द्धन्दका कारण आफुले बैशाखमा राष्ट्रीय स्वतन्त्र पार्टीको सदस्यता लिनसक्ने बताएको भएपनि आजभोली पार्टी परित्याग गर्ने बारे कुनै कुरा नभएको र आफुले सदस्यता लिएको कुरा सामाजिक संञ्जालमा राखेपछि थाहा भएको बताउनु भयो ।
“उहाँले भन्नुभयो मैले पार्टी छोडेको छैन , म माओवादी केन्द्रको बुंगल नगर कमिटी सचिवनै भएर काम गरीरहेको छु । साथै उहाँले सदस्यता लिनको लागि आवस्यक पर्ने कुनै कागजात कसैलाई नदिएको समेत बताएका छन् ।