नेकपाका दुबै अध्यक्षद्वारा कार्यदलको प्रतिवेदन अनुमोदन, सचिवालय लैजाने तयारी

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागी बनेको कार्यदलले बुझाएको प्रतिवेदन दुई अध्यक्षले अनुमोदन गरेका छन् । महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच भएको छलफल पछि अध्यक्षद्धयले प्रतिवेदन अनुमोदन गरेका हुन् ।
दुबै अध्यक्षले अनुमोदन गरेको प्रतिवेदनलाई औपचारिक रुपमा पार्टीबाट अनुमोदन गर्न भदौ १३ गते सचिवालयको बैठक बोलाईने भएको छ । सचिवालयको बैठक बाट अनुमोदित प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने छ । प्रतिवेदन अनुसार ओलीले पुरै कार्यकाल पाँच वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको एकल नेतृत्व गर्नेछन् ।

Hohel Kananga
Loading...