बझाङ । दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडीकल कलेजमा उपचारको क्रममा निधन भएको छ । उनको उपचारको क्रममा साझँ ५ः ३३ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएको छ । दुर्घटनामा मन्त्री सहित उनकि श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिहँ गरी ३ जनाकोे मृत्यु भएको छ । बाकी २ जनाको भने उपचार भईरहेको छ । घाइते पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी र चालक धर्मराज जोशीको कोहलपुर मेडीकल कलेजमा उपचार भैरहेको डाक्टर राहुल डगौराले जानकारी दिनुभयो । मन्त्री सहित उनिहरुलाई उपचारका लागि एन ए ०६१ नम्बरको हिलिकप्टरबाट नेपालगन्ज लगिएको थियो ।
मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भई सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो
सुदूरपश्चिमका कानूनमन्त्री सिंहको कोहलपुर मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन