बझाङ । दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिहँको मृत्यु भएको छ ।मन्त्री सिंहको अबस्था गम्बीर रहेको र केदारस्युँ गाउँपालिका १ देउरामा स्थित ऋृतु पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि थप उपचारको लागि मन्त्री सहित गाडी चालक धर्मराज जोशी ,र पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी लाई थप उपचारका लागि एन ए ०६१ नम्बरको हिलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भई सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्