कुलमान घिसिङको कार्यकाल ४ बर्ष थप्ने सरकारको निर्णय

काठमाण्डौ – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल पुन ४ बर्ष थप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले घिसिङलाई नै प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । २०७३ सालको भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । घिसिङले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र धरासायि बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका थिए । कुशल व्यवस्थापन मार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेका कारण घिसिङ जनताका माझमा निकै लोकप्रिय बनेका थिए ।

janahit ma jari sandesh
Masta R.M
Loading...