सुदुरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत समितीको संसदीय टोली बझाङमा

बझाङ: जिल्लाको विकास निर्माण साथै विपदको अवस्था र कोभिड १९ को अवस्थालाई बुझ्नका लागी गर्न सुदुरपश्चिम प्रदेश सरकारको अर्थ विकास तथा प्राकृर्तिक स्रोत समिती संसदीय टोली बझाङ पुगेको छ । डडेलधुराको आलितालको विवादित सडकको अनुगमन गरी संसदीय टोली सोमबार दिउसो बझाङ चैनपुर पुगेर पछी जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु संग भेटघाट तथा कार्यालयमा भएको प्रगति र काम गर्दा देखेका समस्याका बारेमा छलफल गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको उक्तm बैठकमा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले जिल्लाको शान्ति सुरक्षा विकास निमार्णका साथै बाढीपहिरोबाट भएको जिउधनको क्षतीबारे टोलीलाई जानकारी गराउनु भएको थियो ।

साथै जिल्ला स्वास्थ्य कार्यालयले कोभिड १९ को असर प्रभाव र त्यसको ब्यवस्थापनको बारेमा भैरहेको प्रयास बारे जानकारी गराएका थिए । संसदीय दलसंग भएको बैठकमा जिल्लाका सिँचाइ डिभिजन कार्यालय, खानेपानी, कृर्षि ज्ञान केन्द्र, पशु कार्यालय, सडक, पुर्वाधार लगाएतका कार्यालयका प्रर्तिनिधिहरुले आफ्नो कार्यालयबाट भए गरेका कामको बारेमा समेत जानकारी गराएका थिए ।  जिल्ला भ्रमणमा हिडेको संसदीय टोलीका प्रमुख माननिय दिर्घ सोडारीले जिल्ला भ्रमणको उदेश्य राख्दै जिल्लाको विकास निमार्णको अवस्था बुझ विस्तार गर्ने, प्रदेश सरकार बाट भए गरेका योजनाहरुको अनुगमन निरिक्षण गर्ने साथै बाढी पहिरोबाट भएको क्षती र कोरोना भाइरस महामारीको अवस्था बुझ विस्तार गरी आम नागरीकहरुको सुझाब सल्लाह लिन टोली जिल्ला आएको पुवै सामाजिक बिकास मन्त्रि सोडारीले जानकारी दिनु भयो । टोली संग अन्य माननियहरु अक्कल बहादुर रावल, पुर्णा जोशी, महेशदत्त जोशी, प्रेम प्रकास जोशी र गेल्बु सिंह बोहोरा पनि रहनु भएको थियो ।

जिल्लामा पहिलो पटक आएको प्रदेश सरकारको संसदीय टोलीसंग जिल्लामा कार्यरत पत्रकार तथा स्थानियले टोलीसंग सडक, विधुत, खानेपानीका समस्या साथै विपदबाट भएको क्षतीका बारेमा जानकारी गराइ प्रदेश सरकारले बझाङ जिल्लाका लागी थप बजेट तथा राहातमा जोड दिनु पर्ने सुझाब दिएका थिए । प्रदेश सरकारबाट जिल्लामा आउने योजनाहरु स्थानियतहले प्राथमिकतामा राखेका योजनाहरुमा बजेट नआइ भनसुन र कार्यक्रतामुखी योजना बढी आएका भन्दै त्यसलाइ सुधार गर्न नेपाली काँग्रेसका नेता चेतराज बजालले सुझाब दिनु भएको छ । जिल्ला समन्वय समितिका संयोजक खड्क खड्का जयपृथ्वी नरपालीका मेयर विरेन्द्र खड्काले पनि स्थानिय तहमा काम गर्दाको साह्रो गाहे र प्रदेश र स्थानिय तह विचको समन्वय सहकार्यलाइ जोड दिनु पर्ने सुझाव दिनु भएको छ ।

संसदीय टोलीसंग भएको पत्रकार सम्मेलनमा पनी पत्रकारहरुले प्रदेशबाट आउने योजनाहरुको काम खासै प्रभावकारी नभएको भन्दै स्थानियतहले सिपारिस गरेका योजनाहरुमा बजेट विनियोजन गर्न सुझाब दिएका थिए । साथै चैनपुर ताक्लाकोट नाकालाइ खुलाउन पनी पत्रकारले सुझाब दिएका थिए । संसदीय टोलीले मंगलबार सेति नदीले कटान गरेको भोपुर क्षेत्रका साथै नदी किनारमा गरेका तटबन्दनका योजनाहरुको पनि अनुगमन गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको संसदीय समितिको दुइ वटा टोली बनाइ सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा जिल्लाको बस्तु स्थिति बुझ्न र केहि प्रदेश सरकारका योजनाहरु अनुगमन गर्न भ्रमण गरि रहेको टोली प्रमुख दिर्घ सोराडीले जानकारी दिनु भयो । उनले भने “हामीले स्थलगत भ्रमणमा देखे बुझेका र सुनेको कुराहरुको प्रतिवेदन बनाइ प्रदेश सरकारलाई सुझाउने छौ ।”

janahit ma jari sandesh
Masta R.M
Loading...