थलारा गाउँपालिकामा अब एम्बुलेन्स सेवा

बझाङ ;  बझाङको थलारा गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि सम्झौता गरेर सम्झौता अनुसार समयमा उपलब्ध नगराउने  ठेगदार कम्पनीलाई कारबाही गर्दै पालिकामा रहेका नागरीकहरुलाई सेवा दिने गरी एम्बुलेन्स खरीद गरेको छ । गाउँपालिकाले सम्झौता अनुसारको समयमा एम्बुलेन्स खरीद गरी समयमा उपलब्ध नगराउने डडेलधुरामा रहेको साईपाल अटो मोबाईल प्रा.लिलाई कारबाही गर्दै सम्झौता रद्ध गरेर अर्को कम्पनी अग्नी इन कर्पोरेट प्रा.लि सँग सम्झौता गरी पालिकाको पाराकाट्ने स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरीद गरेको छ ।

गाउँपालिकाले पहिले साईपाल अटो मोबाईल प्रा.लि संग १९ लाख ९१ हजारमा खरीद गर्ने सम्झाता गरेको भएपनि उक्त प्रा.लिले चरम लापरबाही गरी समयमा खरिद गरी पालिकालाई उपलब्ध नगराएपछि नियमा अनुसार कारबाही गर्दै सम्झौता भएको रकमको १० प्रतिशत जरीवाना असुल गरी कम्पनीलाई कालो सूचिमा राख्नको लागि सिफारीस गरेको छ । साथै गाउँपालिकाले उत्त कम्पनी संगको सम्झौता रद्ध गर्दै अग्नी इन कर्पोरेट प्राली काठमाडौंसँग २० लाख १० हजारमा सम्झौता गरी आज बुधबार प्रालिले एम्पुलेन्स पालिकालाई हस्तान्तरण गरेको थलरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डीतले बताउनुभयो ।

यसअघि साइपाल अटो मोबाईल प्रा.लि डडेलधुराले सम्झौता अनुसारको समयमा एम्बुलेन्स उपलब्ध गराउन नसकेको बन्दै एम्वुलेन्सका बारेमा सामाजिक सञ्जालमा चर्को आलोचना भएका थियो । आज एम्बुलेन्स पालिका पुगेपछि विरामी पर्दा पालिका भित्रका नागरीकलाई सेवा  लिन सजिलो हुने भएको छ । एम्बुलेन्समा अक्सिजन ,नेबुलाईजर , स्लाइन पानी चढाउने व्यवस्था र औषधिको  समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका सर्वसाधारण तथा स्थानिय भने अब कुनै दुर्घटना हुँदा र सिकिस्त बिरामीलाई छिटो अस्पताल लैजान सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने खुशी व्यक्त गरेका छन् ।

एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकलाई समयमै अस्पताल पुग्न सजिलो हुने र चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवृतिको अन्त्य भइ सस्तो मुल्यमा सबैले सेवा पाउने थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले बताउनुभयो ।

Hohel Kananga
Loading...