Jayaprithvi Municipality

बुंगल नगरपालिकाले अपांग परिचय पत्र वितरणका लागि शिविर सञ्चालन गर्ने !

सुरेश धामी ,बझाङ; बझाङको बुंगल नगरपालिकाले अपांग परिचय पत्र वितरणका लागि शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्र रहेका अपांग परिचय पत्र नपाएका नागरीकहरुको अपांगता वग्रीकरण गरी अपागं परिचयपत्र प्रदान गर्नको लागि नगरपालिकाले शिविरको आयोजना गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद चापागाईले बताउनु भयो ।

नगरपालिका भित्र रहेका धेरै अपांग व्यक्तिहरुले अहिले सम्म वग्रीकरण अनुसारको अपांगता परिचय पत्र नपाउदा सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सेवा सुबिधाहरुबाट बञ्चित हुनुपरेको छ । उक्त समस्यालाई मध्य नजर गर्दै सामाधानका लगि अपागंता परिचय वितरणका लागी असार २ र ३ गते बुंगल नगरपालिकाको खिरातडी स्वास्थ्यचौखीमा शिविर संचालन गरिने नगरपालिकाले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।

साथै नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य चेकजाँच गरी वग्रीकरण अनुसारको अपांगता परिचयपत्र लिनका लागि आवस्यक कागजात सहित शिविरमा सहभागिहुन अनुरोध गरेको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...