बझाङ ; सुचना प्रबिधि ( ICT Lab ) संचालनमा आएपछि पठनपाठनमा सहज बझाङको मष्टा गाउँपालिका भित्रका विभिन्न विद्यालयमा गाउँपालिकाले सुचना प्रबिधि( ICT Lab ) संचालनमा ल्याएपछि पठनपाठनमा सहज भएको छ ।
विद्यालयमा गुणस्तरीय शिक्षाका लागि राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत गत बर्ष र यो वर्ष गरी ४ वटा विद्यालयमा र नमुना विद्यालय कार्यक्रम अन्तरगत १ वटा विद्यालयमा सुचना प्रबिधि ( ICT Lab ) जडान गरीएको मष्टा गाउँपालिका शिक्षा अधिकृत पृथूराज जोशीले जानकारी दिनुभयो । ( ICT Lab ) जडान , फर्निचर निर्माण लगायतको खर्चमा पनि गाउँपालिकाले सहयोग गरेको उहाँको भनाई छ । गाउपालिकाले कुल मष्टजन माध्यामिक विद्यालय भातेखोला , रिलु चौर माध्यमिक विद्यालय रिलु , सरस्वती माबि रनाडा , मष्टा आधारभुत विद्यालय तुतीमा र शारदा मावि मष्टा – २ मा सुचना प्रबिधि ( ICT Lab ) संचालनमा ल्याएको छ ।
बिध्यार्थीहरुले सजिलोसँग बुझ्न सक्ने शिक्षकलाई पनि पढाउन सजिलो तथा निकै प्रभाकारी भएको मष्टा आधारभुत बिध्यालयका शिक्षक दिल बहादुर कठायतको भनाई रहेको छ । विध्यालयमा यो प्रविधी जडान भएपछि किताबमा नभएका कुराहरु प्नि खोजेर पठन पाठन गराउन सजिलो भएको उहाँले बताउनु भयो । अबको पाँच वर्ष भित्रनै क्रमश गाउपालिकाका सम्पूर्ण बिधालयहरुमा यो प्रबिधी संचालनमा ल्याउने गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताउनु भयो ।