बझाङ । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट बिनियोजन गरेको छ । बझाङका १२ स्थानीय तहमा ३ अर्ब ७५ करोड १५ लाख बराबरको बजेट बिनियोजन गरिएको हो ।
जिल्लामा सबै भन्दा बढी बुंगल नगरपालिकामा ४५ करोड ४६ लाख, जयपृथ्वी नगरपालिकामा ४३ करोड ४९ लाख बजेट विनियोजन भएको छ । त्यस्तै सबै भन्दा कम साईपाल गाउपालिकामा १४ करोड ९६ लाख , केदारस्यूँ गाउँपालिकामा ४१ करोड ६२ लाख , खप्तडछान्ना गाउँपालिकामा ३३ करोड २१ लाख, छविस पाथिभेरा गाउँपालिकामा ३५ करोड ३२ लाख तलकोट गाउँपालिकामा २४ करोड ५२ लाख बजेट बिनियोजन गरिएको छ ।
यसैगरी थलरा गाउँपालिकामा ३१ करोड ९८ लाख, दुर्गाथली गाउँपालिकामा २५ करोड ३८ लाख, मष्टा गाउँपालिकामा ३२ करोड ६ लाख, बित्थडचिर गाउँपालिकामा २९ करोड ०८ लाख, सुर्मा गाउँपालिकामा १८ करोड ७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट केहि कम रहेको बताइएको छ ।