गणतन्त्र दिवसको अवसरमा बझाङ कारागार बाट दुई जना कैदीबन्दी रिहा

बझाङ । गणतन्त्र दिवसको अवसरमा बझाङ कारागारबाट दुई जना कैदीबन्दी रिहा भएका छन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन्। चोरी मुद्दामा ३ वर्ष कैद भोगीरहेका छबिसपाथिभेरा गाउँपालिका ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका १ का बिनु चौधरीको बाँकी सजाय माफी मिनाहा भएको कारागार बझाङका प्रमुख धन बहादुर घर्तीले बताए ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनको बाँकी कैदी मिनाहा भएको हो । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...