गणतन्त्र दिवसको अवसरमा बुंगल नगरपालिकाको बिजगडा बजार सरसफाई

Image

 बझाङ ः जिल्लाको बुंगल नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिरएको छ । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ अभियान सन्चालन गरिएको बुंंगल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुवरले बताउनु भयो । बुंगल नगरपालिकाको आयोजनामा नगरपालिकाको मुख्य व्यापारी केन्द्र विजगडा बजारमा सरसफाइ गरिएको छ ।

घर आगन सफा गरौ नगर लाई स्वच्छ बनाऊँं , भने मुल उद्देश्यका साथ नगरपालिकाको आयोजनामा नगर प्रमुख जयबहादुर धामी, प्रमुख प्रसाशकीय अधिकृत सुर्यप्रशाद चापागाई नगरपालिका सम्पुर्ण कर्मचारी, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, व्यापारी, बुद्धिजीवी, समाजसेवी लगाएतको उपस्तिथिमा सरसफाइ कार्यक्रम रहेको थियो ।  सरसफाइ कार्यक्रमा नगरप्रमुख जयबहादुर धामीले सम्पुर्ण व्यापारी स्थानीयले आ–आफ्नो घर आगनको सरसफाइ गरी नगरपालिका स्वच्छ सफा बनाएर सहयोग गरिदिन सबैमा अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा सबैले हातहातमा विभिन्न संन्देश लेखेका प्ले–कार्ड बोक्दै नारा समेत लगाएका थिए । नगरपालिकाको मुख्य व्यापारी केन्द्र विजगडामा वर्षौं देखि सरसफाइ नहुदा फोहोर भएर दुर्गन्धित हुँदै गएको थियो । जनप्रतिनिधि आए सगै बजार सरसफाइ हुँदै जादा केही हदसम्म फोहोर व्यवस्थापन भएको छ । साथै अब नगरपालिकाले नियमित बजार अनुगमन गर्ने र सरसफाई गर्न सबैलाई सुझाब दिने जनाएकोे छ ।

प्रतिक्रिया जनाउनुहाेस्