बझाङ : जिल्लाको बुंगल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले नगरपालिकाले छिट्टै नगर बस खरिद गरी संचालनमा ल्याउने बताएका छन् । शनिबार बुंगल नगरपालिले बिजगडामा आयोजना गरेको नगर स्तरीय पुर्व बजेट छलफल तथा प्राथमिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख धामीले सबैको राय सल्लाह सुझाबको आधारमा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने बताउनुभयो ।
सार्वजनिक यातायातमा महंगो भाडादरका कारण यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै कार्यक्रममा सहभागिहरुले नगरबस संचालन गर्न सुझाब दिएपछि नगरप्रमुख धामीले प्राप्त सुझाबहरुको आधारमा अबको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन, नगर प्रहरीको भर्ना लगायतका नगरपालिकाका महत्वपुर्ण गौरवका आयोजनाहरुलाई पनि प्राथमिकता दिने बताएका हुन् । नगरप्रमुख धामीले “नगरपालिकाको विषयमा आलोचना गरीएका केहि कुराहरु सहि भएको सुईकार गर्दै अबका दिनहरुमा सुधार गर्ने बताएका छन् भने केहि कुराहरुमा भने कुनै सत्यता नरही तथ्यहिन रहेको बताउनुभयो ।
नगरपालिकाले पहिलो पटक नीति तथा कार्यक्रम ल्याउनु पुर्व आयोजना गरेको बजेट छलफल तथा प्राथमिकरण कार्यक्रमको बिषयमा धेरैले राम्रो प्रयास रहेको बताउदै उक्त कार्यको प्रशंसा गरेको भए पनि कोहीले भने यो सबै नाटक मात्र रहेको बताएका छन् ।
नगरपालिकाले पहिलो पटक गरेको कार्यक्रमा नगरपालिकाका सबै शाखाले गरेका कामको प्रतिवेदन प्रस्तुत गरेको थियो भने अबको बजेटमा समेट्नु पर्ने योजना तथा कार्यक्रम बारे सबै नागरीकाका सल्लाह सुझाब समेटेको थियो ।