Jayaprithvi Municipality

राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस आज बझाङमा पनि मनाइयो

प्रविधिको नराम्रो गतिविधि बाट सचेत रहन प्रहरीको अनुरोध

बझाङ । राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस आज बझाङमा पनि मनाइएकोछ । आज विहान सदरमुकाम चैनपुर बजारमा बजार परिक्रमा गरिसके पछि जिल्ला समन्वय समितिको सभाहलमा साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सुचना प्रविधि जिल्ला कम्युटर एसोसिएसन महासँघ बझाङको आयोजना तथा नेपाल दुरसञ्चार प्रधिकारण र सुचना संञ्चार तथा प्रविधि मन्त्रालयको सहयोगमा चैनपुर बजारमा बजार परिक्रमा र साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरीएको आयोजकले जनाएको छ ।

सुचना प्रविधि जिल्ला कम्युटर एसोसिएसन महासँघ बझाङका लअध्यक्ष कटक सिँह धामीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य टोप बहादुर खड्का रहनु भएको थियो । कार्यक्रममा अहिले टेक्नोलोजी प्रविधिले निम्त्याएको नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न विद्यार्थी लगाएत सञ्चार सँग आवद्ध व्याक्तित्वहरु र आईटी पत्रकार लगाएतहरुलाई एक दिने प्रशिक्षण दिदै जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर रमेश अवस्थीले विभिन्न खाले अपराध बाट वचन अनुरोध गर्नु भएको हो ।

प्रविधिको राम्रो प्रयोग गर्न आग्रह गर्दै नराम्रो गतिविधिमा नलाग्न र सचेत रहन सबैलाई जानकारी दिनुभयो ।

Durgathali
Bithadchir 2
Jayapirthive MP
Loading...