बझाङमा यार्सागुम्बा टिप्न गएकी एक महिला हिमपहिरोमा पुरिएर बेपत्ता

बझाङ ; बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । यार्सागुम्बा टिप्न गएकी जिल्लाको सुर्मा गाउँपालिका–१ कि ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सोमबार राति सुर्मा गाउँपालिका–१मा हिमपहिरो जादा बोहरा पुरिएर बोहरा बेपत्ता भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Bungal Purai
Bithadchir 2
Loading...