बझाङ; बझाङमा चट्याङ लागेर २८ बाख्रा मरेका छन् । हिजो बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने मान बहादुर बोहराका २८ बाख्रा मरेका छन् ।
गोइचनको मराड भन्ने स्थानको चराउन लगेका बेला परेको चट्याङ लागेर बोहराका २८ वटा बाख्रा मरेको र ४ लाख बढीको क्षेती भएको स्थानिय राम बोहराले जानकारी दिनुभयो । वनमा अचानक परेको चट्याङमा परी बाख्र्रा मरेपछि आज अस्थायी प्रहरी पोष्ट बिजगडा बाट प्रहरी घटना स्थिल गएर मुचुल्का बनाएकको प्रहरीले बताएको छ । चट्याङ परेको स्थान गाउँबाट टाढा भएका मानविय क्षेती भने नभएको स्थानीयले बताएका छन् ।