हावाहुरीको कारण दारीमगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसमा क्षेती

बझाङ ;  बझाङको बुंगल नगरपालिका–२ पौडी स्थित दारीमगाड लघु जलविद्युत् आयोजनाको पावर हाउसको छाना हावाहुरीले उडाएको छ । जस्तापाताले छाएको लघु जलविद्युत् आयोजनाको पावर हाउसको छानो आइतबार आएको हावाहुरीले उडाएको हो ।

हावाहुरीले आयोजनाको २ कोठे भवनमा क्षति गरेको लघु जलविद्युत् आयोजनाका मुल समितीका अध्यक्ष विष्णुप्रकाश जोशीले बताउनु भयो। ३०.५ किलोवाट क्षेमताको उक्त जलविद्युत् आयोजनाको पावर स्टेसनको छानोमा हावाहुरीले क्षेती पु र्‍याएपछि बिधुत अबरुद्ध हुदाँ सेवाग्राहीलाई समस्या भएको हो । बन्द भएको समयमा हावाहुरीले पावर हाउसको छत उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र बिधुत अबरुद्ध भएको उहाँले बताउनु भयो ।

बिद्युत आयोजनाबाट बुंगल नगरपालिका वडा नं १ र २ का करीब २ सय ९घरदुरी लाभाम्वित रहेको भएपनि हावाहुरीका कारण आयोजनाको पावर हाउसमा क्षेती भए पछि विद्युत सेवा अबरुद्ध हुदा लाभान्वित क्षेत्रमा संचालित साना तथा मझौला कलकारखाना , कुटाइ पिसाई गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवा हरु प्रभावित बनेका छन्,भने स्थानिय अन्धबारमा बस्न बाध्य भएका छन् ।

आज बाट छतमा अस्थायी रुपमा त्रिपाल हालेर बिद्युत प्रवाह गर्ने तयारी थालिएको भएपनि छानो पुःन निमार्णका लागि भने आर्थिक नभएकाले सम्बन्धित निकाएको सहयोगको प्रखाइमा रहेको स्थानिय गोबिन्द धामीले बताउनुभयो ।

Samajik
Bithadchir 2
Loading...