त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको प्रमुखमा कार्की र सहायकमा कुँवर सर्वसम्मत चयन

बझाङ ।  जिल्लाको बुंगल नगरपालिका स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको प्रमुखमा डम्बर कार्की र सहायक क्याम्पस प्रमुखमा अक्कल कुँवर चयन हुनुभएको छ । निवर्तमान क्याम्पस प्रमुख नरेश बहादुर कुवरले शिक्षक सेवा आयोगबाट लिएको प्रावी तृतिय श्रेणीको परीक्षामा उत्तिण भई स्थायी भएर गएपछि क्याम्पस संञ्चालन समितिले आईतबार निर्णय गर्दै विगत ८ बर्ष देखी क्याम्पसमा कार्यरत निवर्तमान क्याम्पसका सहायक प्रमुख कार्कीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।

त्यस्तै निवर्तमान सहायक क्याम्स प्रमुख कार्कीले प्रमुखको जिम्मेवारी पाएपछि सहायक क्याम्पस प्रम्ुखको जिम्मेवारी क्याम्पसका प्राध्यापक अक्कल कुँवरलाई सहायक प्रमुखको जिम्मेवारी दिइएको छ । नगरपालिका भित्रको एक मात्र क्याम्पस त्रिवेणी आदर्श बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवमरी पाएपछि क्याम्पसलाई अगाढी बढाउनको लागि अब आफुले नयाँ ढंगले काम गर्ने क्यापस प्रमुख डम्बर कार्कीले बताउनु भयो । उहाँले क्याम्पसको शैक्षिक ,आर्थिक प्रसासनिक सुधार गर्ने र मुख्यरुपमा सुदूरपश्चिम विश्व विद्यालय संग संम्बन्धन लिनकोलागि विषेश पहल गर्ने बताए । अहिले कुरा गर्नु भन्दा पनि आफ्नो कामले सबै कुरा देखाउने उहाँको भनाई छ ।

Loading...