बागथला बिजगडा गनै सडक कालोपत्रे सुरु 

बझाङ ; बझाङको जयपृथ्वी राजमार्ग जोड्ने बागथला, विजगडा, गनै सडक खण्डमा कालोपत्रे कार्य सुरु भएको छ । गत शुक्रबार देखि तीब्र गतिमा कालोपत्रेका काम शुरु गरीएको केएस कन्टक्सन निर्माण सेवाले जनाएको छ ।

बहुवर्षीय योजना अन्तर्गत केदारस्युँ गाँउपालिकाको बागथला बाट बुङ्गल नगरपालिकाको गनै सम्म २०७९ को असार मसान्त सम्म सम्पन्न गर्ने गरी प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेका लागि सम्झौता भएको भएपनि कालोपत्रेका लागिभने ढीलाइ भएको हो । बागथला, विजगडा गनै २४ किलोमिटर रहेको उक्त सडक खण्डमा औपचारिक रुपमा कालोपत्रे सुरुवात गरीएको हो। सो क्रममा निर्माण कम्पनीले विभिन्न सरोकारवालाहरुलाई कालोपत्रे कार्य सुरुवात विन्दुमा बोलाएको थियो । बागथला बिजगडा गनै सडक खण्ड कालोपत्रे कार्य सुरु भए पनि अन्य ठाउँमा भने अझै काम सुरु हुन सकेको छैन ।

बुङ्गल क्षेत्रमा आर्थिक विकास लागि प्रशस्त सम्भावना भएको भए पनि सडक सञ्जालको पहुँच नहुँदा समस्या भइरहेको छ । बागथला–बिजगडा गनै सडकको स्तरोन्नतीसँगै यस क्षेत्रले विकासमा पनि फड्को मार्नेमा बुङ्गलबासी विश्वस्त छन् ।बागथला विजगडा सडक सन् २०१६ मा जीआईजेड अन्तर्गतको ईलरा कार्यक्रमले निमार्ण गरेको थियो । बुंगल क्षेत्रको मुख्य सडक बागथला–बिजगडा गनै लेक हुँदै दार्चुलासम्म जोडिने छ । अहिले जिल्लाको साइपाल गाउँपालिकाबाहेक ११ वटा स्थानीय तहका केन्द्रसम्म सडक सञ्जालको पहुँच पुगेको छ ।

सडक कालोपत्रे भएसँगै बझाङबाट दार्चुला जान छोटो दूरी पर्ने भएको छ । अहिले दार्चुला जान बैतडीको खोड्पे हुँदै जानुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६६ करोडको लागतमा निमार्ण हुन लागेको सो सडकको के.एस कन्स्ट्रक्सन प्रालि धनगढीले निमार्णको ठेक्का पाएको छ । निमार्ण कम्पनीका अनुसार बागथला–बीजगडा १५ किलोमिटर र बीजगडा–गनै अन्तर्गतको कफलसेरीसम्म ९ किलोमिटर सडकमा दुई ठाँउबाट निमार्ण कार्य सुगरीएकोे छ ।

दुई वर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी २४ किलोमिटर सडकमा सडक चौडा गर्ने, सडकमा नाली, मेसेनरिवाल, कल्भर्ट निमार्ण र सडक कालोपत्रे गरिने भएको छ । ८ मिटर चौडाइ रहने उक्त सडक स्तरोन्नतीका लागि निमार्ण कार्यमा बाधा नभए अबको ४ महिनाको समयमा निमार्ण कार्य सम्पन्न गरिने कम्पनीका प्रतिनिधि जितबहादुर तामाङले बताए ।

Loading...