दुर्गाथली गाउँपालकाले गर्‍यो ,एमविविएस छात्रवृतीका लागि छनोट भएकालाई रकम हस्तान्तरण

बझाङ ;  दुर्गाथली गाउँपालकाले एमविविएस छात्रवृतीका लागि छनोट भएका एक जनालाई पहिलो किस्ता वाफतको ५ लाख रकम हस्तान्तरण गरेको छ ।गाउँपालिकाले शैक्षिक वर्ष २०८०।०८१ का लागी चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस प्रवेश परिक्षामा सफल भएका र दुर्गाथली गाउँपालिका भित्र स्थायी वसोवास भएकाहरुले आवेदन दिन पाउने गरी गत माघ २६ गते आवेनद खुल्ला गरेको थियो । सोहि अनरुप एक जनाको मात्रै आवेदन परेको र उहाँलाई छनोट गरेर आज आइतबार पहिलो किस्ता छात्रवृती वाफत ५लाख रुपयाँ हस्तान्तरण गरेको गाउँपालकालेका अध्यक्ष दिल बहादुर थापाले बताउनु भयो।

एक बर्षमा २ जनालाइ जनही बिसलाख दिइने भने पनि एउटा मात्र आवेदन परेकोले आवेदन दिएर छनोट भएका दुर्गाथली गाउँपालकाका आकासदिप दौल्याललाई पहिलो किस्ता वाफत ५ लाख हस्तान्तरण गरीएको हो । छनोट भएका व्यक्तिले एमविविएस पढी सकेपछि २ बर्ष गाउँपालिका भित्रै सेवा दिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । यदि विचमै पढाई छोडेमा तथा फेल भएमा बाकी किस्ता भुत्तानी नहुने समेत बताइ गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...