बझाङ ; बझाङको बित्थडचिर गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । गाउँपालिकाको बिशेष पहलमा गत शुक्रबार देखी औपचारिक रुपमा बित्थडचिर गाँउपालिकाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएको गाउँपालिकाले जनाएको छ ।
बित्थडचिर गाउँपालिकाको सहयोग र गेटा आँखा अस्पतालको समन्वयमा आँखा उपचार केन्द्र संचालनमा आए संगै आखाँका विरामीहरुले सामान्य आखाँको उपचारको लागि डडेल्धुरा, धनगढी,काठमाडौ धाउनुपर्ने बाध्यता हटेको छ । यस्ता राम्रा कार्यको प्रारम्भ गर्ने जनप्रतिनिधि लगाएत पहल गर्ने सबैलाई स्थानियले धन्यवाद समेत ज्ञापन गरेका छन् । आँखा उपचार केन्द्र देउलेक प्राथमिक स्वास्थ्य केन्द्रको भवनको पहिलो तलामा रहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्