बझाङमा हाउस वायरिङ तालिम सम्पन्न

बझाङ ;  बझाङमा सञ्चालन गरिएको २ महिने हाउस वायरिङ तालिम सम्पन्न भएको छ । दलित सहयोग समाज र वल्र्डभिजन ईन्टरनेश्नल नेपालको साँझेदारीमा संचालित पोषण तथा जिविकोपार्जन परियोजना र जप्रेल मल्टी शिप तथा उधमशिलता टेनिङ सेन्टरको आयोजनामा सदरमुकाम चैनपुरमा आयोजना गरिएको तालिम आज समापन गरिएको हो।
हाउस वायरीङ तालिम केदारस्युँ गाउँपालिका भित्रका १२ जनाले लिएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती बझाङका प्रमुख नरबहादुर बोहराले तालिममा सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । प्रमाण–पत्र वितरण गर्दै बोहराले युवालाई आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गराई आत्मनिर्भर बनाउन तालिम आयोजना गरेकोमा सहयोगी संस्था र तालिम सेन्टरलाई धन्यवाद दिनुभएको थियो । दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस अवसरमा जप्रेल मल्टी शिप तथा उधमशिलता टेनिङ सेन्टरका प्रवन्ध निर्देशक तथा घरेलु् तथा सानाउधोगका कार्यालयका बरिष्ट उधमविकास सहजकर्ता दशरथ जप्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई १४ लाख बराबरको वायरिङको सामान समेत संस्थाले सहयोग गरेकोछ । संस्थाले बेलाबेलामा यस्ता तालिमहरु प्रदान गर्दै आएको छ ।
Loading...