बझाङ ; नेपालभरिका ओली वंश एकै हौ भन्ने उदेश्यकासाथ बझाङमा पनि आज ओली वंश समन्वय समाज नेपालको जिल्ला कार्यसमिति गठन भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष कलकबहादुर ओलीको अध्यक्षतामा ओलीवंश समन्वय समाजको आज नयाँ तदर्थ कार्यसमिति गठन भएको हो ।
कार्यसमितिमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष कलक ओली अध्यक्ष, थलारा ३ बायलका जयबहादुर ओली उपाध्यक्ष, दुर्गाथली ३ मौलालीका शेरबहादुर ओली सचिव, जयपृथ्वी नगरपालिका ३ का रमेश ओली सहसचिव, जयपृथ्वी नगरपालिका ३ का धनलक्ष्मी ओली कोषाध्यक्ष र अन्य ८ जना सदस्य सर्वसम्मत चयन हुनुभएको छ । सल्लाहकार समितिमा संयोक जनकबहादुर ओलीसहित दलबहादुर ओली र चन्द्रबहादुर ओली चयन हुनुभएको छ भनेअनुगमन समितिमा संयोजक शेरबहादुर ओलीसहित ३ सदस्यीय समिति गठन गरिएको छ ।
आजको भेलाले अबदेखि नेपाल भरका ओली एकै रहेको सन्देश दिने र एक जनालाई अफ्ठ्यारो पर्दा सबैले कोष सञ्चालन गरि सहयोग गर्ने निर्णय गरेको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष कलक बहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ओली वंश समन्वय समाज नेपाल कार्यसमितिका केन्द्रिय अध्यक्ष हरि ओली प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रिय प्रवक्ता भद्र गोपाल ओली विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रमा बोल्नुहुँदै प्रमुख अतिथि हरि ओलीले ओली थरको एकता नहुँदा विगतमा केही दबिएर हेपिएर बस्नुपरेको र अबका दिनमा एकता गरि अघि बढ्ने हुँदा कसैको पनि करकाप र डरधम्कीको प्रतिकार गर्ने शक्ती ओलीहरुको यो भेलाले सन्देश दिएको बताउनुभयो ।