कर्मचारीले तलब नपाएपछि सानिगाड लघु जलविद्युत आयोजनाको विद्युत सेवा बन्द

Image

बझाङ ;  कर्मचारीले डेढ वर्ष देखि तलब नपाएको भन्दै सानिगाड लघु जलविद्युत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । बुंगल नगरपालिकाको –७ सेलानीमा रहेको सानिगाड लघु जलविद्युत आयोजना आईतबार देखी बन्द गरीएको छ ।

विद्युत् आयोजनाका म्यानेजर नवराज जोशी, सहायक म्यानेजर साथिका जाग्री ,अपरेटर जनक बोहरा र जनजित धामीले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा आइतबार देखि बन्द गरेका हुन् । २०७८ साल मंसिर देखीको आफुहरुले पाउनुपर्ने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको विद्युत् आयोजनाका म्यानेजर नवराज जोशीले बताए ।

विद्युत् बन्द गरिएपछि बुंगल नगरपालिका वडा नं ६,७ र ८ का १ हजार २ सय ६५ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अबरुद्ध हुदा लाभान्वित क्षेत्रमा संचालित साना तथा मझौला कलकारखाना , कुटाइ पिसाई गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवा हरु प्रभावित बनेका छन । तलबका लागि विद्युत प्रयोग गरेवाफत प्रत्यक घरपरिवारले मासिम ८० रुपयाँ सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नहुदा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको आयोजनाका म्यानेजर जोशी भनाइ छ । तलब नदिँदा सम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उनले बताए ।

हाल सम्म उपभोक्ता बाट उठ्नुपर्ने महसुल १४ लाख सम्म रहेको भएपनि उठाउन नसक्दा समस्या भएको छ । २०७८ साल मंसिर देखीको हाल सम्म कर्मचारीले पाउनुपर्ने रकम १२ लाख रहेको भएपनि कुनै पनि कर्मचारीले तलब नपाएको अपरेटर धनजित धामीले बताए ।“पटकपटक आफुहरुले काम गरेको तलब माग्न समिती सङ्गै सम्बन्धित निकायलाई अनुरोध गर्यौ तर पनि लामो समय हुदा पनि अझै केही हात लागेन” पावरहाउसमा काम गर्ने अपरेटर धामिले भने । “न समितिले हाम्रो कुरा सुन्यो न वडा सरकारले सुन्यो न त अरु कुनै सम्बन्धित निकायले नै सुन्यो त्यसैले विद्युत सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका हौ ।”उनले भने तलब नपाएकै कारण एक जना कर्मचारी राजेन्द्र जाग्रीले गत मंसिर देखी राजिनामा दिनुभएको छ ।

यस बिषयमा बुंगल नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्र बहादुर जाग्रीले भने सबै संग कुरा गरेर मिलाउने काम भइरहेको बताए । आयोजना व्यवस्थापन उप समितीका संयोजक उज्जल बोहराभने उपभोक्ता बाट बिद्धुत महसुल असुल नभएका कारण कर्मचारीले तलब नपाएको बताए । उनले भने कहि उपभोक्ता बाट बिद्धुत महसुल उठाउन सकिएन भने उठेको महसुल मर्मत खर्च र बिग्रीएको समान खरीदमा सकियो , अब गाउँगाऊँमा गएर छिट्टै महसुल असुल गरेर कर्मचारीको तलब दिन्छौ ‘उनले भने ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन