धलौन आधारभुत स्वास्थ्य केन्द्रलाई निशुल्क स्वास्थ्य सामाग्री हस्तान्तरण

बझाङ । साइपाल गाँउपालिका वडा नं. १ मा रहेको धलौन आधारभुत स्वास्थ्य केन्द्रलाई आज स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । साइपाल गाउँपालिका वडा नं. २ निवासी ज्योति कुमारी विक र सुरेश विकले स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

गाउँमा रहेका विरामी तथा अन्य स्थानीयहरुलाई उपचारमा सघाउ पुर्याउने उदेश्यले ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । विकट पालिकाको रुपमा रहेका साइपाल गाउँपालिकामा स्वास्थ्य उपचारमा समस्या नहोस् र नागरिकहरुले उपचारको अभाव खेप्न नपरोस भन्ने उदेश्ये धलौन आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको ज्योती कुमारी बिकले बताउनुभयो ।

आज एक कार्यक्रमका वीच उक्त स्वास्थ्य सामाग्रलाई साइपाल गाउँपालिका वडा नं.१ का वडाध्यक्ष नरेन्द्र बहादुर धामी र निवर्तमान कार्यपालिका सदस्य पारु विकले धलौन आधारभुत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नु भएको हो ।

Loading...