बझाङका एक युवक लागू औषध चरेस सहित दार्चुला बाट पक्राउ

बझाङ ;  बझाङका एक युवक लागू औषध चरेस सहित दार्चुला बाट पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–७ कफलसेरी बस्ने १८ वर्षीय गगन बाहरा २ किलो ८ सय ग्राम लागु औषध चरेश सहित आज मंगलबार दिउसो १ बजे दार्चुलाको महाकाली नगरपालिका–८ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागु औषध चरेस फेला पारी पक्राउ गरेको हो । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Samajik
Bithadchir 2
Loading...