बझाङ ; बझाङको थलारा गाउँपालिका–८ मा रहेको कालिका आधारभुत विद्यालयले विध्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छ । सोमबार देखि थलारा गाउँपालिका–८ का विभिन्न टोलमा प्लेकार्ड सहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो । विद्यालयका प्रधानाध्यापक गगन शाहीले विध्यार्थीलाई समयमै भर्ना गराउन विध्यार्थी सहित शिक्षिक–शिक्षिका अभिभावको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । उक्त विध्यालय कक्षा ५ सम्म संचालन भएको छ ।
‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क शिक्षा’, हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विध्यालय पुर्याऔं’, ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरिय शिक्षा सबैको अभियान’ लगाएतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विध्यार्थी र शिक्षकहरुले विध्यार्थीलाई समयमै विध्यालय भर्ना गरानका लागि घरदैलो अभियान संचालन गरेका छन् ।प्रधानाध्यापक शाहीले भन्नुभयो, ‘अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विध्यार्थीहरु न्युन भर्ना भएपछी हामीले उक्त घरदैलो अभियान चलाएका हौ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरुलाई बुझाउन पनि अभियानले भुमिका खेलेको छ ।’
विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भएपनि न्युन संख्यामा विध्यार्थी भर्ना हुँदा उक्त अभियान संचालन गर्नु परेको प्रधानाध्यापक शाहीले बताउनुभयो । उहाँ लगाएत विध्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहनुभएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजा लगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।