नेकपा एमाले दुर्गाथली गाउँपालिका वडाकमिटी द्धारा नयाँ बर्षको शुभकामना आदानप्रदान

Image

बझाङ ; नेकपा एमाले दुर्गाथली गाउँपालिका वडाकमिटीको आयोजनामा नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले दुर्गाथली गाउँपालिका वडानम्बर ४ को वडा कमिटीले आयोजना गरेको नववर्ष २०८० को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज सम्पन्न भएको हो । नेकपा एमाले दुर्गाथली गाउँपालिका वडानम्बर ४ को वडाकमिटी उपाध्याक्ष कमलराज जोशीको अध्यक्षतामा सुरु भएको उक्त शुभकामना कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य दिलबहादुर भण्डारी प्रमुख अथिति रहनुभएको थियो ।

त्यस्तै विशिष्ट अथितिमा प्रदेश कमिटी सदस्य जनकराज जोशी,जिल्ला कमिटी सदस्य प्रयागराज जोशी र महेश जोशी रहनुभएको थियो । अथितिमा गाउँकमिटी उपाध्यक्ष विष्णुभक्त जोशी, सेतिक्याम्पस वगडगाउँकी स्ववियु उपाधयक्ष कमला ओली लगाएत रहनुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रम संगै नेकपा एमाले निकट ३ संगठनको नेतृत्व समेत चयन गरिएको छ । जसको मुक्तिसमाजको अध्यक्षमा हिरा वड लगाएत १३ सदस्यीय कमिटी गठन भएको छ । यस्तै देवी जोशीको अध्यक्षतामा १३ सदस्यीय किसान महासंघ गठन गरिएको छ । रेखा विकको अध्इक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघको पनि गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य महेश जोशीले बताउनुभयो । कार्यक्रममा शुत्रकामना दिदै कार्यक्रममा सहभागीहरुले पार्टीले संचालन गरेको ग्रासरुट अभियानमा सहभागि हुन नेताकार्यकर्तालाई आग्रह गरेका थिए भने, कार्यक्रमको संचालन पंकज विकले गर्नुभएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन