तलकोट गाउँपालिकाले लिएको गाउँप्रहरी परीक्षाको हजार मिटर दौडमा सबै उम्मेदवार अनुत्तिण

बझाङ ;  जिल्लाको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्नाका लागि लिएको पहिलो चरणको परिक्षा अन्तरगत हजार मिटरको दौडमा सबै उम्मेदवार अनुत्तिण भएका छन् । गाउँपालिकाले चैत्र ५ गते एक सुचना प्रकाशित गरी गाउँप्रहरी जवान भर्नाका दरखास्त आवान गरेपछि २६ जनाले आवेदन दिएर शारिरीक तन्दुरुस्टी परीक्षा सहभागी भएका र २६ जनालेनै निर्धारित समय भित्र एक हजार मिटर दौड पार गर्न नसकेको गाउँपालिकाको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले उक्त छनोट प्रकृया तथा दौडमा अनुतिण भएकाहरू सबैलाई सोझै लिखित परिक्षामा समावेश गर्ने भएको छ । गाउँपालिकाले आज नतिजा सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो । गाउँपालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्तिसुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँप्रहरी भर्ना गर्न लागिएको हो । बझाङका १२ स्थानीय तहमध्ये प्रहरी भर्ना गर्ने जयपृथ्वी नगरपालिका पहिलो र तलकोट गाउँपालिका दोस्रो हो।

नेपाल प्रहरीले गाउँपालिका भित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि गाउँका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिने भएकाले गाउँ प्रहरी भर्ना गर्न लागिएको गाउँपालिका अध्यक्ष कलक बहादुर रोकायाले बताए ।

Hohel Kananga
Loading...