बैतडीमा जिप दुर्घटना, बझाङका ६ जनाको घटनास्थलमै मृत्यु

Shivashankar

बझाङ – बैतडीमा जिप दुर्घटना, बझाङका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडी खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ४५ वर्षीय मान बहादुर धामी, सोही ठाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् । जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन् छन् ।

खोडपेबाट करिब ७ किलोमिटर बझाङतर्फ पाटन नगरपालिका ८ को झौलेक मोडको उकालोमा गुडिरहेको गाडी एक्कासी पछाडी धकेल्लिदा दुर्घटना भएको हो । जिप सडक किनारबाट भिरतर्फ जाने क्रममा पछाडी सवार जंगी बोहरासहितका ५ जनाले हाम फालेर बच्न सफल भए भने जिपको अगाडी सवार रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अहिले घटनास्थलमा प्रहरी प्रमुख शाही र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी आएका छन्।  उनीहरु सबै जना एकै गाउँका यात्रु भारतमा मजदुरी गर्ने र नयाँ वर्ष तथा बिसु मनाउन घर फर्किरहेका थिए।

Hohel Kananga
Loading...