आज तीन प्रदेशमा क्षणिक वर्षाको सम्भावना

काठमाडौंः आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू–भागमा पनि वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशका पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Samajik
Bithadchir 2
Loading...