बझाङको दुर्गाथलीमा अज्ञात समुह द्धारा एक महिलाको लाख बढी रकम लुटपाट

 बझाङ ;  बझाङको दुर्गाथली गाउँपालिकामा एक महिलाको नगद रकम लुटपाट भएको छ । चौधारी मेलामा जेरि मिठाई पसल राखेर व्यापार गरिहेकि दुर्गाथली गाउँपालिका वडा नं ५ सैनकि मनकला जप्रेलकोे शुक्रबार राती सुतेको समयमा पसलबाटै करिब एक लाख बढी रकम अज्ञात समुहलेबाट लुटीएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

सदरमुकाम चैनपुरमा बस्दै आउनुभएकि जप्रेलले चैत्र २० गतेदेखि छविस पाथिभेरा गाउँपालिका ३ मा लागेको बान्नी चैतली मेलामा मिठाइ बेचेर फेरी दुर्गाथलीेको चौधारी मेलामा पुग्नुभएको थियो । चार पाँच दिनदेखि मेलामा रातदिन मिठाइ बेचेर कमाएको पैसा सिरानिमा राखेर पसलमा सुतिरहेको अवस्थामा ४ जनाको समुह बनाउएर आएका युवाहरुले धम्की दिदै जबरजस्ती लगेको र आफुले केहि गर्न नसकेको जप्रेलले बताउनुभयो ।

 मिठाइको व्यापार गरेर छोराछोरी पढाई रहेकी जब्रेलको व्यापार कोरोना माहामारीको बेला बन्द भएको थियो । कोरोना माहामार काम भएपछि यो ऋण ढाकेर मेलामा मिठाइको व्यापार शुरु गरेकी उनको मेलामा पसिना बगाएर मिठाई बेचेर कमाएको पैसा लुटीएपछि उनि शोकमग्न भएकि छन ।राती सुतेको समयमा चार जना मान्छेको समुह आएर मार्ने धम्की दिदै आफु माथि लुटपाट भएको उनले बताइन् ।

यता दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले घटनाको बारेमा बुझ्दै आज पिडित महिलालाई भेटेर गाउँपालिकाको तर्फबाट गर्न सकिने सहयोग गर्न प्रतिवद्ध रहेको प्रष्ट पार्नुभएको छ । उहाँले पिडित महिलासँग घर जाने पैसा समेत नभएकाले तत्काल व्यवस्थापनको लागि १० हजार रुपैया सहयोग गर्नुभएको छ । पिडित महिलाले शनिबार लुटेराहरुको खोजि गरेर कारवार्हिको माग गर्दै इलाका प्रहरी कार्यलय विसौनामा निवेदन दिनुभएको छ । उक्त घटनाको विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...