जयपृथ्वी नगरपालिकाको कालाखालीमा सेनाकाे फायरिङ् अभ्यास हुने

Image
फाईल तस्विर

बझाङ; जयपृथ्वी नगरपालिकाको रुइनाबगर कालाखालीको फायरिङ् रेन्जमा, फायरिङ् अभ्यास हुने भएको छ । भोली चैत्र २३ गते बिहीबार देखी २६ गते आइतबार सम्म नगरपालिकाको वडा नं ११ स्थित रुइनाबगर कालाखालीको फायरिङ् रेन्जमा वीरभद्र जंग लुल्म पानकोट स्थित नेपाली सेनाको फायरिङ् अभ्यास हुने वीरभद्र जंग लुल्म पानकोटले जनाएको छ ।

लापरबाही गर्दा फायरिङ् अभ्यास भइरहेको ठाउँमा घटना हुने भएकाले उत्त क्षेत्रमा पशुचौपाय नछोड्न र मान्छेहरुले जथावाभी आवत जावत नगर्न जयपृथ्वी नगरपालिका वडा नं ११ ले सार्वजनिक गरेको सुचनामा उल्लेख गरेको छ । अन्यथा जानकारी गराउदा गराउदै पनि पशुचौपाय छोडेर र मान्छेहरुले जथावाभी आवत जावत गरेर कुनै पनि घटना हुन गए आफु जिम्मेवार नहुने वीरभद्र जंग लुल्म पानकोटले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन