खिरातडी स्वास्थ्य चौकीमा निशुल्क प्रजनन स्वास्थ्य शिबिर सन्चालन हुने

बझाङ : जिल्लाको बुङ्गल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीमा महिलाहरुको लागि निशुल्क प्रजनन स्वास्थ्य शिबिर सन्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय बझाङको आयोजना तथा बुंगल नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा यहि चैत्र २५ गते शनिबार एक दिने प्रजनन स्वास्थ्य शिबिर सन्चालन गर्न लागिएको बुंगल नगरपािलिकाका स्वास्थ्य शाखा संयोजक नरेश कुवरले बताउनु बताए ।

नगरपालिकाको खिरातडी स्वास्थ्य चौकि बिजगडामा हुने शिविरमा जिल्ला अस्पताल कार्यरत गाइनो विशेषज्ञ डाक्टर बाट महिलाहरूको पाठेघर खस्ने समस्या , पाठेघरको अन्य समस्या पहिचान तथा उपचार ,गर्भवती महिलाको निसुल्क भिडियो एक्सरे , महिलाको प्रजनन सम्बन्धि सम्पुर्ण रोगको उपचार , यौन रोग का साथै एच आई भि चेक जाँच र उपचार सेवा प्रदान गरीने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । साथै प्रजनन स्वास्थ्य समस्या भएका महिलाहरुलाई सेवा लिन समेत आग्रह गरीएको छ ।

Samajik
Bithadchir 2
Loading...