सुर्मा गाउँपालिकामा निशुल्क वृहत स्वास्थ्य शिविर संचालन हुने

बझाङ ; बझाङ सुर्मा गाउँपालिकामा निशुल्क वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ । सुर्मा गाउँपालिकाको आयोजनामा र जिल्ला अस्पताल बझाङको समन्वयमा भोली शनिबार र पर्सी आइतबार दुइ दिन गाउँपालिकाको वडा नं १ स्थित दौलिचौर माध्यामिक विद्यालयमा शिविर संचालन गरीने सुर्मा गाउँपालिकाले जनाएको छ ।

शिविरमा शिविरमा जनरल सरजरी हाडजोनी, स्त्री रोग, बालरोग, ओपिडी सेवा , भिडियो एक्सरे सेवा, इसिजी , पिटिए, प्रयोगशाला सेवा, आयुर्वेद सेवा तथा आँखा परीक्षण, परिवार नियोजन, महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण लगायत अन्य रोगहरुको उपचार विशेषज्ञ स्वास्थ्यकर्मीहरूद्धारा गरिने पनि पालिकाले जनाएको छ ।

साथै पालिकाले शिविर बाट सेवा लिनुहुन समेत स्थानियलाई आग्रह गरेको छ ।

Bungal Purai
Bithadchir 2
Loading...